गृहपृष्ठ केही रोचक र अनौठा जानकारी

केही रोचक र अनौठा जानकारी

ब्रम्हाण्ड रोचक र अनौठा तथ्यले भरिएको छ । असंख्य जीव एवं फरक-फरक भौगोलिक अवस्थाका कारण एक स्थानको सामान्य कुरा अर्को स्थानमा सामान्य नलाग्न सक्छ । आज हामी यस्तै अनौठा तथ्यहरूको बारेमा चर्चा गर्नेछौं ।

– अफ्रिकन हात्तीको गर्भाधारणको समय २२ महिनाको हुन्छ ।
– कुकुरको सुघ्ने क्षमता मानिसको भन्दा १ हजार गुणा बढी हुन्छ ।
– सुर्यको किरण पृथ्वीमा आइपुग्न ८ मिने १७ सेकेण्ड लाग्दछ ।
– विश्वको सबैभन्दा ठूलो मरुभूमि सहाराको क्षेत्रफल ३५ लाख बर्गमाइल छ ।
– एक पुरुषले एक सेकेण्डमा १ हजार स्पर्म कोसिका निर्माण गर्दछ र एक दिनमा ८६ लाख कोसिका निर्माण गर्दछ ।
– एक अनुमान अनुसार विश्व ब्रम्हाण्डमा करिब १ सय अरब ग्यालेक्सीहरु रहेका छन् ।
– प्रकाशको गतिमा यात्रा गर्दा समेत सबैभन्दा नजिकको ग्यालेक्सी एन्ड्रोमेडामा पुग्न २ लाख वर्ष लाग्दछ ।
– हरेक वर्ष पृथ्वीमा करिब १ लाख भूकम्प आउछन् ।
– उल्कापिण्डका कारण मानिसको मर्ने सम्भावना हरेक ९ हजार ३ सय वर्षमा एक पटक हुन्छ ।
– मानिसको शरीरमा रहेको एक रक्त कोशिकालाई शरीरको पुरै भागमा पुग्न करिब ६० सेकेण्ड लाग्दछ ।
– प्रत्येक २ हजारमा १ जना बच्चाको जन्म दाँतको साथसाथै हुन्छ ।
– युकेलिप्टस अष्ट्रेलियामा पाइने विश्वको सबैभन्दा अग्लो रुख हो यसको उचाई करिब ४३५ फिट रहेको थियो ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु