गृहपृष्ठ गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार
गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार
काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि जाइलागेपछि गोली चलाउनुपरेको अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ । एउटा गोली लागेको लामाको वीर अस्पतालमा उपचार भइरहेको छ । गुन्डा नाइके लामा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।
प्रकाशित समय १४:१६ बजे

















