गृहपृष्ठ काठ चोरेको आरोपमा डीएसपी भण्डारी निलम्बित

काठ चोरेको आरोपमा डीएसपी भण्डारी निलम्बित

काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी संखुवासभाका डीएसपी रामप्रसाद भण्डारी निलम्बित भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको पत्र थमाएको हो । डिएसपी भण्डारीलाई प्रहरीकै सवारी साधन प्रयोग गरी काठ तस्करी गरेको आरोप छ । यही आरोपमा सशस्त्र प्रहरीका अन्य तीन जवान पनि निलम्बनमा परेका छन् । संखुवासभामा सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा काठ तस्करी बढेको भन्दै केही स्थानीयबासीले प्रहरी मुख्यालयमा उजुरी गरेका थिए ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु