गृहपृष्ठ होटलको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

होटलको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि गएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११, नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

गए राति करिब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिए ।

(रासस)

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु