गृहपृष्ठ एसईई परीक्षाको नतिजा आज
एसईई परीक्षाको नतिजा आज
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । चैतमा सञ्चालित परीक्षाफल प्रकाशित गर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बोर्ड बैठक डाकेको छ ।
दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी एसर्इर्इको नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । यस वर्षको एसईई परीक्षामा चार लाख ८५ हजार पाँच सय ८६ जना विद्यार्थी सहभागी थिए ।
प्रकाशित समय ११:०५ बजे

















