गृहपृष्ठ मुद्दाको चापअनुसार जनशक्ति छैन : कामु प्रधानन्यायाधीश
मुद्दाको चापअनुसार जनशक्ति छैन : कामु प्रधानन्यायाधीश
न्याय परिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिले मंगलबार आयोजना गरेको न्याय सेवामा जनशक्तिको आपूर्ति र वृद्धि विकासको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशी ।
तस्बिर : कालिका खड्का, रासस
कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा मंगलबार आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा बाेल्दै का.मु. प्रधानन्यायाधीश जाेशीले भने, ‘न्यायलयमा पर्याप्त जनशक्ति नहुँदा सोचअनुरुप काम हुन सकेको छैन ।’
कामु प्रधानन्यायाधीश जोशीले न्याय सेवामा जनशक्ति वृद्धि गर्न दशजोड दुईमा कानून विषय अध्यापन शुरु भएको हुँदा केही आशाको किरण जगाएपनि न्याय सेवामा टिकाइरहने अवस्था भए नभएको अध्ययन गर्न जरुरी रहेकाे टिप्पणी गरे । ‘न्याय सेवाको जनशक्तिका सम्बन्धमा नीतिगत रुपमा पुनरावलोकन गर्न जरुरी छ ।’ उनले भने, ‘बजारमा पर्याप्त मात्रामा कानून पढेका जनशक्ति छन् तर किन न्याय सेवामा नआएका हुन, त्यसवारे अध्ययन गर्न जरुरी छ ।’
कामु प्रधानन्यायाधीश जोशीले अदालतमा नयाँ संविधानको कार्यान्वयन गराउने क्रममा अझ मुद्दाको कार्यबोझ थपिँदै गएको तर सो अनुरुप कर्मचारी नहुँदा समयमै काम हुन नसकेको बताउँदै दरबन्दी अभावका कारण न्यायलयजस्तो संवेदनशील ठाउँमा करारमा कर्मचारी राखेर काम गर्नुपर्ने बाध्यता रहेको दुखेसाे पाेखे । उनले न्यायलयमा कर्मचारी दरबन्दीको समेत पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
(रासस)
प्रकाशित समय २०:४५ बजे

















