गृहपृष्ठ स्वास्थ्यको लागि एक्सरे खतरनाक
स्वास्थ्यको लागि एक्सरे खतरनाक
सामान्यतय हामी हाडजोर्नीका कुनै समस्या आउँदा वा छाति दुःखेमा एक्स रे गर्छौं । तर, उपचारका लागि रोग वा समस्या चिन्न गरिने एक्स रे हामीले सोचेभन्दा बढी खतरनाक हुनसक्छ । यो अत्यन्तै बढी विद्युत चुम्बकीय विकिरण भएको ऊर्जा प्रणााली हो । यसले हाडजोर्नीमा भएका समस्या, छाती , फोक्सो वा अन्य भित्री अंगमा भएका समस्या पत्ता लगाउन मात्र होइन सुरक्षाका लागि पनि काम गर्छ । एयरपोर्टहरूमा यसकै माध्यमले हातहतियार वा अन्य प्रतिबन्धित वस्तु ओसारपसार पत्ता लगाउन प्रयोगमा ल्याइन्छ ।
जर्मनीका वैज्ञानिक विलहम रोजटनले सन् १८९५ मा एक्स रे पत्ता लगाएपछि स्वास्थ क्षेत्रमा ठुलो उपलब्धी भएको थियो । यसलाई कतै–कतै रोजटन विकिरण पनि भनिन्छ । विश्वकै पहिलो एक्स रे विलहम रोजटनकै श्रीमतीको हातको थियो । एक्स रेसँग जोडिएका केही रोचक तथ्यह यस्ता छन् ।
१. विलहम रोजटनद्वारा एक्स रेको खोजी संयोगवस भएको थियो । भ्याकुम ट्युबहरूमा प्रयोग गरिरहेका विचित्र किसिमका विकिरणहरू नै एक्स रेको विकिरण हुन् ।
२. एक्स रेको खोजी गरेबापत विलहम रोजटनलाई सन् १९०१ मा नोबेल पुरस्कार दिइएको थियो ।
३. एक्स रेको सहयोगले चिकित्सा क्षेत्रमा निकै लाभ प्राप्त हुने सम्भावना थियो, त्यसैले विलहम रोजटनले यसको पेटेन्ट आफ्नो नाममा दर्ता गराएनन् । उनी यसको लाभ सबैले प्राप्त गरुन् भन्ने चाहन्थे ।
४. एक्स रेलाई अंग्रेजीमा विभिन्न ढंगले लेखिन्छ ।
६. एक्स रे खोजी गर्दा रोजटनले एक्स रे गर्न एउटा जिंक र शिशाका बक्साको प्रयोग गर्थे, ताकि उनको प्रयोगशालामा रहेका फोटोग्राफिक प्लेटहरू नबिग्रिउन ।
७. प्रारम्भिक समयमा रोजटनलाई यी विकिरणहरूका अधिक सम्पर्कमा आउँदा क्यान्सरसम्म हुन सक्ने कुराको ज्ञानै थिएन ।
८. एक्स रेको वेभलेन्थ पराबैजनी विकिरणहरूभन्दा पनि कम हुन्छ त्यसले यो अति नै शक्तिशाली हुन्छ । एक्स रेको वेभलेन्थ देखिने खाले प्रकाशभन्दा पनि कम हुन्छ ।
९.जो वैज्ञानिकहरूलाई एक्स रेबाट हुने नोक्सानीबारे थाह थिएन, तिनीहरूमा छाला पोल्ने, चिलाउने, कपाल झर्ने र क्यान्सरजस्ता रोगहरु देखा परे ।
१०. एक्स रेका कारण मृत्यु हुने पहिलो व्यक्ति क्लारेन्स डेली हुन् । थमस एडिसनको एक्स रे लाइट बल्बमा लगातार काम गरेका कारणले उनको शरीरमा क्यान्सर उत्पन्न भइ धेरै घाउहरू देखा परे र केबल ३९ वर्षको उमेरमा उनको मृत्यु पनि भयो ।
११. एक्स रे किरणलाई हाम्रो शरिरका बाहिरी र भित्री भागले रोक्छन भने केहीले पुरै वारपार गर्छन् । सोही कारण हाम्रो शरिरका भित्री भागको तस्बिर एक्स रे ग्राफमा छापिन्छ ।
१२. सीटी स्क्यान, फ्लुरोस्कोपी, मोमोग्राम र डेन्टल एक्स रेज पनि एक्स रेकै विभिन्न प्रकार हुन् तर सोनोग्राफी, अल्ट्रासाउन्ड र एमआरआई भने फरक विधि हुन् ।
१३. मानव भ्रुणका लागि खतरनाक भएका कारण गर्भावती महिलाहरूको एक्स रे गरिँदैन, गरिएमा शारीरिक विकृति भएका बच्चा जन्मिन सक्छ ।
१४. अमेरिकामा हुने कुल क्यान्सरका बिमारीहरूमध्ये ०.४ प्रतिशत क्यान्सर सिटी स्क्यानका कारणले हुने गरेको छ ।
१४. एक्स रेले इलेक्ट्रोनहरू उत्सर्जित गर्दछ, जब यो हाम्रो शरीरका तन्तुसँग सम्पर्कमा आउँछ, यसले हाम्रो डिएनएको सिक्री तोड्न सक्छ, जसका कारण क्यान्सर हुनसक्छ ।
(विभिन्न अनलाइनको सहायतामा)
प्रकाशित समय १४:४२ बजे















