गृहपृष्ठ चुँडिएको औंला १० घण्टापछि जोडियो
चुँडिएको औंला १० घण्टापछि जोडियो
पाटन औद्योगिक क्षेत्रमा काम गर्ने एक मजदुरको चुँडिएको औंला १० घण्टापछि जोडिएको छ । असार ६ गते पाटन औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगमा काम गर्ने क्रममा औंला चुँडिएका मजदुरको नेपाल मेडिसिटी अस्पतालमा रिप्लान्ट सम्भव भएको हो ।
अस्पतालका डा. संगम रायमाझी र डा. ज्योति रायमाझीको नेतृत्वमा करिब चार घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । दायाँ हातको मेटाकर्पल जोर्नीमा मुख्य असर परेको घाइतेको सफल रिप्लान्टपश्चात थप दुई शल्यक्रिया र फिजियोथेरापी आवश्यक रहने डा. रायमाझीले जानकारी दिए । हातले केही महिनामै साविककै ढंगमा काम गर्न सक्ने चिकित्सकले बताएका छन् । औंला चुँडिएको पाँच घण्टापछि पनि उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।
प्रकाशित समय १५:५५ बजे

















