गृहपृष्ठ मदिरा व्यावसायी करको दायरामा
मदिरा व्यावसायी करको दायरामा
पर्वतका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको हो ।
आगामी आर्थिक वर्ष २०७५\७६ भित्र सबै मदिारा व्यवसायीलाई करको दायरमा ल्याइने कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक भरत भुजेलले जानकारी दिए । जिल्लामा दुई हजारभन्दा बढी मदिरा व्यवसायी छन् ।
प्रकाशित समय १५:५९ बजे

















