गृहपृष्ठ एक किलो सुनसहित पक्राउ
एक किलो सुनसहित पक्राउ
सांकेतिक तस्बिर
प्रहरीले वीरगन्ज महानगरपालिका-१६, शंकराचार्य गेटबाट एकजनालार्इ एक किलो सुनसहित पक्राउ गरेको छ । सर्लाहीको हरिपुर नगरपालिका-९ बस्ने सन्तोषकुमार साहलाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नेपालबाट भारत जाँदै गरेको ना. ४८ प ३७७४ नम्बरको मोटरसाइकललाई चेक गर्दा सिटमुनी लुकाएर राखेको अवस्थामा शुक्रबार सुन बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:३९ बजे

















