गृहपृष्ठ करेन्ट लागेर एककाे मृत्यु
करेन्ट लागेर एककाे मृत्यु
सांकेतिक तस्बिर
कञ्चनपुरका भीमदत्त–३ तिलकपुरमा विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । कञ्चनपुरकाे लालझाडीका शिवराज रानाको करेन्ट लागेर मृत्यु भएकाे हाे ।
साेही घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरूकाे कोहलपुर अस्पतालमा उपचार भइरहेकाे छ । घटनाबारे थप विवरण अाउँन बाँकी रहेकाे छ ।
प्रकाशित समय १५:५० बजे

















