गृहपृष्ठ डा. केसीसँग वार्ता गर्न सरकारले दिएन चासो

डा. केसीसँग वार्ता गर्न सरकारले दिएन चासो

डा. केसी अत्तालिन थाले

जुम्लामा १८ दिनदेखि अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ अवस्था जटिल भएको छ । सास फेर्न कठिन भएपछि डा. केसी अत्तालिन थालेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

डा.केसीसँग वार्ता गर्न सरकारकाले वार्ता गर्न समिति गठन गरेपनि अहिलेसम्म औपचारिक वार्ता हुन सकेको छैन । डा.केसीका प्रतिनिधिसँग हिजो वार्ता भएपनि निष्कर्ष निस्कन सकेन । सरकारी टोलीले डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागका विषयमा छलफल हुन नसकेको डा. केसीका प्रतिनिधि अभिषेकराज सिंहले जानकारी दिए ।

सरकारी वार्ता टोलीले डा. केसीलाई उपचारको लागि काठमाडौ ल्याएपछि मात्र मागका विषयमा छलफल अगाडी बढाउने अडान लिएको छ । विगतका सहमति अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएसम्म काठमाडौ नर्फिने अडानमा डा.केसी छन् ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु