गृहपृष्ठ सेनाका जवान आफैँले चलाएको गोली लागी घाइते
सेनाका जवान आफैँले चलाएको गोली लागी घाइते
डोल्पामा एक जना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्युटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले आफैँले गोली चलाउँदा घाइते भएका हुन् ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका हुन् ।आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाकमा चोट लागेको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा. अनुपमंगल समालले जानकारी दिए ।
सेनाका अनुसार तत्काल उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए । (रासस)
प्रकाशित समय ०७:४२ बजे

















