गृहपृष्ठ विदेशी विद्यार्थी नेपाल पढ्न आउनेछन् : प्रधानमन्त्री ओली
विदेशी विद्यार्थी नेपाल पढ्न आउनेछन् : प्रधानमन्त्री ओली
मजाक सम्झनेले केही दिन धैर्य गरुन्
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाउने बताएका छन् ।
प्रदेश नम्बर ४ (गण्डकी) प्रदेश सभालाई बिहीबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि र पर्यटन अध्ययन गर्नेका लागि नेपाल आकर्षण केन्द्र बन्ने बताए । गण्डकी प्रदेश सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, पर्यटकीयलगायतका दृष्टिले निकै सम्भावनायुक्त भएकाले यही प्रदेश विदेशी पर्यटकको आकर्षण बन्ने बताए ।
गण्डकी प्रदेशमा हिमालदेखि पहाड हुँदै तराईसम्म धेरै पर्यटकीय दृष्टिले धेरै सम्भावना रहेकोले यस प्रदेशलाई फिल्मि सिटी घोषणा गरेसँगै दुई बर्षमै आधा मुम्बै प्रदेशमा आउने ओलीले दाबी गरे । उनले विभिन्न फिल्महरुको छायाङकन र पर्यटकहरुको यस प्रदेशमा भिँड लाग्ने बताए । नेपालमा अब तुईन मुक्त क्षेत्र बनाउने दाबी गर्दै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा कुनै तुईन भए त्यसलाई विस्थापन गरी झोलुङगे पुल तथा पुल निर्माण गर्ने बताए । ४७ वटा तुईन हालसम्म विस्थापन गरी झोलुङगे पुल तथा पुल राखेको उनको भनाइ थियो ।
नेपालको पूर्व पश्चिममा रेल र पानी जहाज चलाउने कुरामा केहिले मजाक गरे पनि यसलाइ सार्थक पारी छाड्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नदीबाट समुद्रसम्म, रक्सौलबाट काठमाण्डौंसम्मको रेल मार्गको लागि अध्ययन जारी रहेको उनले जनाए ।
नेपालले आर्थिक लाभ लिन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रदेश सरकारका अनुसार प्रधानमन्त्री ओलीले संसदमा १२.४० देखि २.१५ सम्म सम्बोधन गर्ने समय निर्धारण गरिएको भए पनि प्राविधिक कारणवश उनी करिब २ घण्टा ढिलो कार्यक्रममा सहभागि भएका थिए ।
यसैबीच, प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी समर्थित विद्यार्थीहरु पक्राउ परेका छन । प्रदेशसभाको मुख्य गेट अगाडि र अम्मर सिंहचोकमा कालो झण्डा प्रर्दशन गर्ने २३ विद्यार्थीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले बताए । बिहीबार साँझ उनीहरुलाई छाडिएको उनले जानकारी दिए । दिपक शर्मा वाग्ले, नेत्र चापागाई, भानु ढकाल, रेसम सापकोटा, राजु सापकोटा, समिति केसी, विकास गुरुङ लगायतका विद्यार्थीलाई पक्राउ गरी छाडिएको हो ।
प्रकाशित समय ०७:३८ बजे
















