गृहपृष्ठ मन्थलीमा बढ्दैछ विकृति
मन्थलीमा बढ्दैछ विकृति
‘भाई मैले मेरो जिन्दगीमा यस्तो होला भन्ने कहिल्यै पनि सोचेको थिइन । तर मैले नसोचेको कुरा भोग्दै छु । जिन्दगी उराठलाग्दो गरी बितीरहेको छ,’ धेरै पछिको भेटमा दाईले आफ्नो मनको बह पोखे ।
रोजगारीको शिलशीलामा आफू विदेश रहेको बेला छोरा छोरीको उज्वल भबिष्यको लागि उनले श्रीमतीसहित छोराछोरीलाई सदरमुकाम मन्थलीमा शिक्षादीक्षाको व्यवस्था गरी विदेश उडेका थिए । मन्थलीमा उनको छोरा छोरीले राम्रैसँग पढीरहेकै छन् ।
बालबालिकालाई राम्रो शिक्षा–दीक्षाको लागि बाबु विदेशमा जाने र आमा उनीहरुलाई लिएर सदरमुकाम केन्द्रित हुने क्रम बढीरहेको छ । रामेछापका निम्न मध्यम वर्गीय परिवारमा पनि बालबालिकालाई सदरमुकाम मन्थलीमा राखेर पढाउने प्रचलन बढ्दो छ ।
सदरमुकाम केन्द्रित भई सूचनाप्रविधिको दुरुपयोगले समाजमा धेरै समस्या आउँन थालेको छ । समृद्ध परिवार निमार्ण गर्न घर छाडेर हिडेका यस्ता जोडीहरुको समस्य नौलो होइन ।
शिक्षा, स्वास्थ्य र रोजगारको गन्तव्य बन्दै गएको मन्थलीमा अस्लिल गतिविधि बढेको गुनासो पनि आउन थालेको छ । विदेशमा पसिना बगाउने युवाहरुको घरबार तोडिँदै छ । मन्थलीका रैथानेहरु राजधानी केन्द्रित भएका छन् भने बाहिरबाट आएर बस्नेहरुको संख्या बढ्दैछ ।
बाहिरबाट आएकाहरु आफ्नो बच्चा विद्यालय पठाएपछि मोबाइलमा फेसबुक, ट्वीटर तथा युट्युबमा व्यस्त हुने च्याट गर्ने जस्ता कारणले घरवार बिग्रनेको संख्या बढ्दो छ । सामाजीक सञ्जालको दुरुपयोगका कारण दैनिकी अस्वाभाविक बन्दै गइरहेको छ । प्रविधिको दुरुपयोगले पहिचान नभएको व्यक्तिसँग च्याट गर्ने, साथी बनाउने र पछि अनैतिक सम्बन्ध कायम गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ ।
‘विदेसिएका कारण धेरैको आम्दानी बढेको छ, जसका कारण आर्थिक पहुँच पनि बढेको छ,’ समाजसेवी तथा नेकपाका नेता रत्नबहादुर नेवार भन्छन्, ‘उनीहरुले यसको दुरुपयोग गरे ।’ यस्ता परिवारले आफ्नो र सन्ततीको भविष्य ख्याल गरेको पाईदैन पछि धेरैले दुःख पाएका छन् ।
प्रकाशित समय १७:४४ बजे

















