गृहपृष्ठ ‘स्कुल बेच्ने बालक’ सार्वजनिक

‘स्कुल बेच्ने बालक’ सार्वजनिक

पत्रकार तथा लेखक दामोदर न्यौपानेद्वारा लिखित बालमनोवैज्ञानिक पुस्तक ‘स्कुल बेच्ने बालक’ बजारमा आएको छ ।

शनिबार सार्वजनिक गरिएको उक्त पुस्तकमा बालबालिकाको सूक्ष्म, मनोविश्षणात्मक तथा व्यवहारिक विषयहरुको विस्तृत व्याख्या गरिएको छ । डेढ दशकदेखि पत्रकारिता र लेखनमा क्रियाशील न्यौपानेलिखित यो पुस्तक उनको पाचौं पुस्तककार कृति हो । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. सुरेशराज शर्मा, विशिष्ट अतिथि बालसाहित्यकार एवम् सञ्चारविज्ञ विनय कसजु, अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराई, बालअधिकार अभियन्ता एवम् पत्रकार गौरव पोखरेल र पुस्तकका केन्द्रीय चरित्र हार्दिक न्यौपानेले पुस्तक उत्कृष्ट र पठनीय रहेको बताए । शर्माले पुस्तकमा अरुले साना भनिएका विषयहरुलाई मिहिन ढङ्गले उठाउनु लेखकको कुशलता भएको बताए ।

बालसाहित्यकार कसजु यो पुस्तक कुनै पनि उमेर समूहका लागि उपयोग रहेको बताए । पुस्तकमा लालनपालनका सूक्ष्म, मनोविश्षणात्मक तथा व्यवहारिक विषयहरुको विस्तृत रुपमा उल्लेख गरिएको उनको भनाइ थियो ।

बालअधिकार अभियन्ता पोखरेलले पुस्तक पढेपछि आम अभिभावकले आफ्नो सन्तानको व्यवहारप्रति एक पटक सोच्न बाध्य हुने बताए । कार्यक्रममा शिखा बुक्सका पुष्पराज पौडेलले बालमनोविज्ञान विषयको पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता पुस्तक लेख्ने कामलाई लेखकले निरन्तरता दिने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु