गृहपृष्ठ कानुनमन्त्रीबारे बोले नारायणकाजी, ‘अभिव्यक्ति आपत्तिजनक’

कानुनमन्त्रीबारे बोले नारायणकाजी, ‘अभिव्यक्ति आपत्तिजनक’

narayan kaji shrestha_newskarobar

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुनमन्त्रीको अभिव्यक्तिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिलाई आपत्तिजनक भनेका छन् । साथै कानुनमन्त्रीको अभिव्यक्तिप्रति सरकारको ध्यान जानुपर्ने उनले बताएका छन् । ट्वीटको सुरुका शब्दमा उनले झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरुका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ । यसको भत्र्सना गर्दै गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु ।साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुखद छ । सरकारको गम्भीर ध्यान जाओस ।’

कानुनमन्त्री तामाङले काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित एक कार्यक्रममा बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट पाउँदैनन् भनेका थिए ।

झापाको बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको टिप्पणी गरेका थिए ।

हेर्नुस् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे ट्वीट

nk-shrestha-newskarobar

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु