गृहपृष्ठ तस्बिरमा हेर्नुहोस्, पोखराको बोलबम

तस्बिरमा हेर्नुहोस्, पोखराको बोलबम

बोलबमको ध्वनिले, शान्ति पाउन् साराले

bolbom-pokhara-newskarobar3

‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ १५औं संस्करणको बोलबम जलयात्रा पोखरामा सुरु भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, बैदामले हरेक वर्ष साउने सोमबार आयोजना गर्दै आएको बोलबम जलयात्रा सुरु भएको हो ।

साउनको पहिलो सोमबार भएकाले केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन बिहानैदेखि दिउँसो अबेरसम्म पूजाआजा गर्न व्यस्त देखिन्थे । शिवलिंगमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थानसहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए । बोलबम संयोजक शंकर खराल १५ वर्षअघि केदारेश्वरले सुरु गरेको बोलबम यहाँको संस्कृति बन्दै गएको बताउँछन् ।

bolbom-pokhara-newskarobar3

बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दै आएको छ । गाईघाटदेखि नै शोभायात्रासहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो ।

bolbam-pokhara-newskarobar

गाईघाटमा १०८ धारामा स्नान गरी आठ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिंगमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्छ । साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिंगमा चढाउने चलन छ । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । भक्तजनलाई पोखरा–६ महिला समन्वय समितिले प्रसाद वितरण गरी सहयोग गरेको थियो । समितिमा १८ वटा महिला समूह आबद्ध छन् ।

bolbom-pokhara-newskarobar3

यस्तै, पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र, सिर्जनाचोक व्यवसायी समिति, रोटरी क्लब तथा रामजी बानियाँको समूहले पनि मन्दिर परिसर तथा सडकमा सर्वत पानी खुवाएको थियो । सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका असहायलाई खाजा खुवाएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन् ।

आर्वा भजन समूह, अन्नपूर्ण भजन समूह, देवी शक्ति खोज अनुसन्धान केन्द्रलगायतले शिव महिमासम्बन्धी भजनकीर्तन प्रस्तुत गर्दै भक्तजनलाई नचाएका थिए । सिद्धार्थ पोलिक्लिनिक प्रालिले प्राथमिक उपचार डेस्क खडा गरेको थियो ।

baburam-kunwar-newskarobar

प्रदेश प्रमुखद्वारा केदारेश्वर दर्शन

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले केदारेश्वर मन्दिरको दर्शन गरेका छन् । साउनको पहिलो सोमबार उनले करिब २० मिनेटसम्म मन्दिरमा विधिपूर्वक पूजाआजा गरेका हुन् । मन्दिरमा दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गण्डकी प्रदेशमा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताए । उनले आफू आध्यात्मिक व्यक्ति भएकाले अन्य मन्दिरमा जस्तै केदारेश्वर दर्शन गर्न आएको र प्रदेशका सम्पूर्ण प्रदेशवासीको हित तथा प्रदेशकै समृद्धिहोस् भन्ने कामनासहित पूजाआजा गरेको बताए । गण्डकी प्रदेशमा केदारेश्वरजस्तै महत्वपूर्ण शक्तिपिठ रहेको उल्लेख गर्दै उनले यसको सम्वद्र्धन र प्रचारका लागि सरकारले उचित रुपमा बजेट विनियोजन गरेको बताए ।

baburam-kunwar-newskarobar

 

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु