गृहपृष्ठ ग्रिसमा एक दशकयताकै भीषण डढेलो, ५० जनाको मृत्यु

ग्रिसमा एक दशकयताकै भीषण डढेलो, ५० जनाको मृत्यु

forest_fires_greece सांकेतिक तस्बिर

 

ग्रिसको राजधानी एथेन्सनजिकै रहेको अटिका क्षेत्रको जंगलमा लागेको डढेलोमा परी ५० जनाको मृत्यु भएको छ । यो आगलागी एक दशकयताकै भयानक रहेको ग्रिसका सञ्चारमाध्यमले जनाएका छन् ।

समुद्री तटनजिकै रहेको एउटा गाउँबाट २६ वटा शव निकालिएको छ । सोही गाउँ आगलागीको केन्द्र रहेको बीबीसीले उल्लेख गरेको छ । यसअघि, ग्रिस सरकारले २४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

उद्दारकर्मीहरु आगोको घेरामा परेका मानिसलाई निकाल्न डुंगा र हेलिकप्टरको प्रयोग गरिरहेका छन् । सयौँ दमकलको मद्दतमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो तीव्र गतिमा फैलिरहेकाले ग्रिसका प्रधानमन्त्री अलेक्सइले अन्तर्राष्ट्रिय सहयोग मागेका छन् ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु