गृहपृष्ठ बंगलादेशमा विद्यार्थी आन्दोलन
बंगलादेशमा विद्यार्थी आन्दोलन
बंगलादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ ।
अघिल्ला तीन दिन जस्तै चौथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् । आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् । ‘हामी न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै विद्यार्थीले मुख्य-मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् ।
राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा बसले ठक्कर दिएर दुई जनाको मृत्यु भएको थियो । घटनामा परी अरू नौ जना घाइते भएको समाचारमा जनाइएको छ । घाइते भएका सबै शहिद रामिज उद्धिन क्यान्टोनमेन्ट कलेजका विद्यार्थी भएको बताइएको छ ।
प्रकाशित समय १३:२६ बजे

















