गृहपृष्ठ नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

फाइल तस्बिर ।

अविरल वर्षापछि पहिरो झर्दा नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । जलविरे र घुमाउनेमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

आज बिहान ६ बजेबाट सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले सवारी आवागमन रोकिएको छ । लामो तथा छोटो दूरीका सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

वर्षात् लागेयता नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु