गृहपृष्ठ छोरीको हत्यामा संलग्न बुवासहित ३ जना जेल चलान

छोरीको हत्यामा संलग्न बुवासहित ३ जना जेल चलान

 

रुपन्देहीस्थित कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीको हत्याको अभियोगमा आफ्नै बावुसहित तीन जना पूर्पक्षको लागि थुनामा परेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले समीक्षाका बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीलाई पूर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

घटना विवरण अनुसार गत असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाइएपछि गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरीले नेपाल आएर मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दावीसहित आफ्नै श्रीमान विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरी २५ दिनसम्म म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो ।

समीक्षाकै अर्की फुपु मधु ठकुरी थापा फरार रहेकी छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु