गृहपृष्ठ मन्त्रीहुँदा शेरबहादुर तामाङलाई घाटा लाग्याे

मन्त्रीहुँदा शेरबहादुर तामाङलाई घाटा लाग्याे

sher-bahadur-tamang-

 

पूर्व कानुनमन्त्री शेरबहादुर तमाङलाई १ सय ३२ दिन मन्त्री हुँदा ८५ हजार घाटा लागेको छ । तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै यस्तो तथ्य खोलेका ह्न् ।

उनले साउन ९ मा कानुनमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा दिएको १३ दिनपछि सोमबार काठमाडौंको एउटा रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरण र सोमबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८४ हजार ९ सय ४२ रुपैयाँ अन्तर देखिएको छ ।

मन्त्री भएपछि उनले सार्वजनिक गरेको र बुझाएको सम्पत्ति विवरणमा एभरेष्ट बैंकमा १ लाख २८ हजार ९ सय ४२ रुपैयाँ मौज्दात रहेको उल्लेख थियो । सोमबार सार्वजनिक गरेको विवरण अनुसार सोही बैंकमा भने ४३ हजार ९ सय ६७ रुपैयाँमात्र भएको उल्लेख छ ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु