गृहपृष्ठ उरुसा दोस्रो मिस ग्रान्ड नेपाल

उरुसा दोस्रो मिस ग्रान्ड नेपाल

मिस ग्रान्ड नेपाल इन्टरनेसनल २०१८ को उपाधि काठमाडौंकी उरुसा जोशीले हात पारेकी छन् । ललितपुरको हेरिटेज गार्डेनमा शनिबार आयोजित दोस्रो संस्करणको प्रतिस्पर्धामा सहभागी नौ प्रतिस्पर्धीलाई पछि पार्दै उरूसाले मिस ग्रान्ड नेपाल इन्टरनेसनलको उपाधि जितेकी हुन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक रामहरि सिलवालले सोधेको तपाईं मिस ग्रान्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नुपरेमा कुन विषयमा आवाज उठाउनुहुन्छ र किन रुु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् ।miss grand nepal -newskarobar

उनलाई मिस ग्रान्ड नेपाल २०१७ की जिनस लामाले क्राउन पहिराएकी थिइन् । उपाधिसँगै उनले नगद ५० हजार र सुजुकी स्कुटर प्राप्त गरेकी छन् । उपाधि विजेता जोशीले सेप्टेम्बरमा बर्मामा आयोजना हुने मिस ग्रान्ड इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियोगितामा बेस्ट पर्सनालेटीको टाइटलसँगै फस्ट रनर अपको उपाधि धरानकी इक्सा मादेनले तथा बेस्ट ट्यालेन्ट र बेस्ट फोटोजेनिकको टाइटलसँगै सेकेन्ड रनर अपको उपाधि चितवनकी रिया गैरेले जितिन् ।

त्यस्तै, बेस्ट फिगर र बेस्ट स्पिच ललितपुरकी सुष्मिता तामाङ, बेस्ट मल्टिमिडिया चितवनकी सञ्जिता रानाभाट र बेस्ट रिपोर्ट राइटिङ काठमाडौंकी सारा कपालीले हात पारिन् ।

आर के इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको मिस ग्रान्ड नेपाल २०१८ मा हिसानका महासचिव रामहरि सिलवाल, मिस नेपाल २००० उषा खड्की, नायिका निता ढुंगाना, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, इन्दिरा रानामगर, ब्युटिसियन सीता पाठक, नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे, नायक तथा मोडल दिक्पाल कार्की, चलचित्र बोबीका नायक उमेश थापा, संगीतकार सरोज प्याकुरेललगायत निर्णायक मण्डलमा थिए ।

उत्तम्स क्रिएसन र सेन्ट्रल फेसन हब ललितपुरका विद्यार्थीको डिजाइनमा तयार पारिएको गाउनमा प्रतियोगीहरु सजिएका थिए भने कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रमलार्इ नेपाल आइस नेचुरा बियर, सुजुकी टु व्हिलर्स, मेगा बैंकलगायतका व्यावसायिक प्रतिष्ठानले प्रायोजन गरेका थिए ।

प्रकाशित समय २२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु