गृहपृष्ठ ताइपेईको एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु
ताइपेईको एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु
ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ ।
ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारीअनुसार ३३ बिरामीसहित ४४ जना अस्पतालभित्र रहेका बेला अागलागी हुँदा नाै जनाको ज्यान गएको छ ।
नौतले सरकारी अस्पतालको सातौं तलाबाट अागलागी सुरू भएको थियो । आगलागीपछि अस्पताल खाली गरिएको छ । आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना बिरामीलाई हृदयघात भएकोमा नाैजनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार सात जना उपचारपछि सामान्य अवस्थामा आएका छन् ।
आगलागीको कारण भने खुलेको छैन । अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताएका छन् । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्युज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धुवाँ बाहिर निकाल्ने उपकरणसमेत नहुँदा समस्या भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:२२ बजे

















