गृहपृष्ठ ललितपुरको कुपण्डोलमा नक्कली बम भएको पुष्टि
ललितपुरको कुपण्डोलमा नक्कली बम भएको पुष्टि
सांकेतिक तस्बिर
ललितपुरको कुपण्डोलमा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । स्कुटरमा अाएको अज्ञात व्यक्तिले प्रेसर कुकर सडकमा राखेर स्कुटरसमेत छाडेर भागेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रेसर कुकर राम्ररी हेर्दा नक्कली बम पुष्टि भएको प्रहरीले जनाएको छ । सडकमा बम राखिएको अाशंकाका कारण केहीबेर सवारी आवागमन पूर्णरूपमा ठप्प भएको थियो । नक्कली बम पुष्टि भएपछि सवारी साधन चल्न थालेका छन् । स्थिति सामान्य भएको छ ।
अातंक सिर्जना गर्न र त्रास फैलाउन शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।
प्रकाशित समय १२:१० बजे

















