गृहपृष्ठ महेन्द्रनगरमा प्रहरीले गोली चलायो, ६ गम्भीर घाइते
महेन्द्रनगरमा प्रहरीले गोली चलायो, ६ गम्भीर घाइते
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले दर्जनौं राउन्ड गोली चलाएको छ ।
जिल्ला प्रसासन कार्यालय कञ्चनपुर अगाडि प्रहरीले गोली चलाएको हो । गोली लागेर ६ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।
प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए ।
प्रहरीले भने गोली नचालाएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान सेठीले अश्रुग्यास प्रहार गरिएको बताए ।
महेन्द्रनगरका उद्योगी व्यवसायी र अधिकारकर्मीले बिहानै देखि आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीले चोकचोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
आन्दोलनका कारण बजार ठप्प भएको छ । मंगलबार र बुधबार पनि महेन्द्रनगर तनावग्रस्त भएको थियो ।
प्रकाशित समय १२:४१ बजे

















