गृहपृष्ठ डोल्पामा खोलाले बगाएर दुईको मृत्यु
डोल्पामा खोलाले बगाएर दुईको मृत्यु
डोल्पामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा र छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।
हाट बजारबाट फर्किने क्रममा दुवै जनालाई खोलाले बगाएको हो । क्याटो र मरिम्लामा वर्षमा एक पटक हाट बजार लाग्ने गर्छ ।
गत साउन २५ गतेदेखि भदौ १० गतेसम्म हाट बजार लागेको थियो ।
प्रकाशित समय ०८:०० बजे

















