गृहपृष्ठ रहर लाग्दैमा नेता भईंदैन : प्रचण्ड
रहर लाग्दैमा नेता भईंदैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहास र आन्दोलनमार्फत नेतृत्वको विकास हुने बताएका छन् । उनले कसैलाई रहर लाग्दैमा नेता हुन नसक्ने बताए ।
शनिबार आफ्नो निजी निवास खुमलटारमा कार्यकर्तासँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनका अनुसार पार्टी र नेता इतिहासले बनाउँछ । आफूले जनयुद्ध र शान्ति प्रक्रिया दुवैको नेतृत्व गरेको बताउँदै लामो संघर्ष र बलिदानपछि मात्रै मुलुकमा गणतन्त्र आएको उनको भनाई थियो ।
प्रकाशित समय १५:३६ बजे

















