गृहपृष्ठ विष्टलाई विमानस्थलबाटै फर्काइएकोमा सर्वाेच्चको कारण देखाउ आदेश

विष्टलाई विमानस्थलबाटै फर्काइएकोमा सर्वाेच्चको कारण देखाउ आदेश

थाइल्याण्ड जान लागेका लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको प्रकरणमा सर्वाेच्च अदालतले गृहमन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । तत्कालीन माओवादीका बालसेना विष्टलाई थाइल्यान्ड जान लाग्दा विमानस्थलबाटै फर्काइएको थियो ।

आफूलाई विमानस्थलबाट फर्काइएपछि विष्टले गृहमन्त्रालयल, विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले विष्टलाई विदेश जानबाट रोक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।

प्रकाशित समय २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु