गृहपृष्ठ ठेला गाडीबाट ब्राउन सुगर र चरेस बरामद
ठेला गाडीबाट ब्राउन सुगर र चरेस बरामद
सांकेतिक तस्बिर
इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार लम्की चुहा नगरपालिका वडा नम्बर १ लम्कीमा ठेला व्यावसाय गर्दे आएका ६८ वर्षिय जनादेबी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३ सय ग्राम चरेस सहित पक्राउ गरेको छ ।
शाहीले ठेलामा डब्बामा राखी कारोबार गर्ने गरेको प्रहरीले बताएको छ । उनलाई लागु औषध ऐन अन्तगर्त मुद्दा चलाउने तयारी भईरहेको र अन्य संग्लनहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।
प्रकाशित समय १०:४२ बजे

















