गृहपृष्ठ प्रदेश नम्बर २ को सरकारले २३ नयाँ गाडी खरिद गर्ने

प्रदेश नम्बर २ को सरकारले २३ नयाँ गाडी खरिद गर्ने

केन्द्र सरकारले उपलब्ध गराएका गाडी पुराना भए

province_5_newskarobar फाइल तस्बिर ।

प्रदेश नम्बर २ सरकारले संघीय सरकारले उपलब्ध गराएको सवारी साधन पुरानो भएको भन्दै नयाँ गाडी खरिद गर्ने भएको छ । प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि करौडौं खर्चेर प्रदेश सरकारले २३ वटा नयाँ गाडी खरिद गर्न लागेको हो ।

हाल संघीय सरकारले प्रदेश सरकारलाई उपलब्ध गराएको गाडीमा बेला बेला समस्या भएर दैनिक कार्यमा समस्या हुने गरेको भन्दै सरकारले नयाँ गाडी खरिद नगर्ने प्रक्रिया बढाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालका अनुसार २३ वटा गाडी खरिद प्रक्रिया सुरु गरिएको हो । २३ गाडीमध्ये ४ वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र अन्य मन्त्रालयमा एक मन्त्री र १ राज्यमन्त्री र मन्त्रालय सचिवका लागि ३ वटाका दरले दिने गरी गाडी खरिद गर्न लागेको बताएका छन् ।

गाडी खरिदका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयहरुले टेण्डर आह्वान गरिसकेको छ । हाल टेण्डर खोलेर मूल्यांकन प्रक्रियामा रहेको स्रोतले जनाएको छ ।

 

कसले कति मूल्यको गाडी खरिद गर्दैछ ?
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतका लागि करिब एक करोड ६४ लाख र अन्य मन्त्रीका लागि करिव ७४ लाख मूल्यको गाडी खरिद गरिने प्रदेश सरकारको आन्तरिक तयारी रहेको छ ।

प्रमुख सचिवको लागि करिब ६२ लाख पर्ने गाडी, मुख्य न्यायधिवक्ताका लागि करिब ६५ लाख र सचिवहरुका लागि करिब ५४ लाखको गाडी खरिद गर्न लगिएको प्रदेश सरकारका एक अधिकारीले जनाएका छन् ।

प्रदेश सरकारलाई हाल कम्तीमा ३८ वटा गाडी आवश्यक रहेको छ तर हाल २३ वटा गाडीले काम चलाई रहेको छ । संघीय सरकारले ५ वटा गाडी उपलब्ध गराएकोमा ३ वटा विग्रेको र बाँकी प्रदेशको अन्य जिल्लाहरुको कार्यालयबाट व्यवस्थापन गरी कामकाज गरिरहेकोे प्रदेश सचिव फुयाँलले वताएका छन् ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु