गृहपृष्ठ अंग्रेजी भाषाको प्रयोग बढ्दा नेपाली भाषा कमजोर : भाषाविद्

अंग्रेजी भाषाको प्रयोग बढ्दा नेपाली भाषा कमजोर : भाषाविद्

bhasha-newskarobar

भाषाविदहरुले अंग्रेजी भाषाको प्रयोग बढेका कारण नेपाली भाषा कमजोर हुँदै गएको बताएका छन् । भाषा आयोग दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली भाषा शुद्ध लेख्न र बोल्न छाडिएको भन्दै दुःख व्यक्त गरे ।

कतिपय निजी विद्यालयले विद्यालय परिसरमा नेपाली बोल्दा विद्यार्थीलाई दण्ड दिने गरेको उदाहरण दिँदै उनीहरुले त्यस्ता स्कुल सञ्चालकलाई कारबाही गर्नुपर्ने बताए । भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेलले त्रिभुवन विश्वविद्यालयले पठनपाठन नेपाली भाषामा गर्ने तर प्रश्नपत्रचाहिँ अंग्रेजीमा सोध्नु गलत भएको बताए ।

अर्का भाषाविद् प्रा. डा. चुडामणि बन्धुले भाषामा पूर्णरुपमा एकरुपता हुन नसक्ने बताए । सरकारले भाषा आयोगले दिएको सुझावअनुसार भाषासम्बन्धी नीति–नियम बनाउनुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले धारणा राखे । कार्यक्रममा नेपाली सञ्चारमाध्यमले प्रयोग गर्ने भाषाशैलीमा व्यापक खोट रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु