गृहपृष्ठ बलात्कारका घटना बढेकोमा राष्ट्रपतिको चिन्ता

बलात्कारका घटना बढेकोमा राष्ट्रपतिको चिन्ता

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा बढ्दै गइरहेका बलात्कारलगायत जधन्य अपराधका घटनाले आफूलाई चिन्तित पारेको बताएकी छन् । राष्ट्रपति भवन परिसरमा तीजको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जधन्य अपराध रोक्न सबै लाग्नुपर्ने बताइन् ।

गम्भीर अपराधका घटना हुन नदिन घर, परिवार, समाज र विद्यालय सबै जागरुक हुनुपर्नेमा उनको जोड थियो । ‘समस्या पहिचान गरी यस्ता समस्या रोकथामका लागि सबै मिलेर अघि बढ्नुपर्छ,’ उनले भनिन्, ‘हामी सबै मिलेर कुर्कमको जरो उखेलेर फाल्न सक्नुपर्छ, सभ्य समाज निर्माणका लागि सबै नेपालीले मिलेर काम गर्नुको विकल्प छैन ।’

विधान र कानुनमा धेरै व्यवस्था भए पनि कानुन तथा संविधान पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरिन् ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु