गृहपृष्ठ कैदीबन्दी भेट्न जाने नै पक्राउ

कैदीबन्दी भेट्न जाने नै पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा रहेका बन्दीलाई भेट्न आउने एक जना पक्राउ परेका छन् । प्रहरी थुनामा रहेका बन्दीलाई चुरोट पुर्‍याउने क्रममा वीरेन्द्रनगर– ३ एरी चोकका २५ वर्षीय लालबाहादुर बुढा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न आएका उनको साथबाट प्रिती चाउचाउभित्र चुरोट बरामत गरिएको डिएसपी एवं प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले बताए ।

थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोका खोलेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित समय २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु