गृहपृष्ठ मलामी गएका दुई जना सुनकोशी नदीमा बेपत्ता

मलामी गएका दुई जना सुनकोशी नदीमा बेपत्ता

सुनकोशी नदीमा दुई जना बेपत्ता भएका छन् । काभ्रे चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र १८ वर्षीय आशिष पहरी पौडी खेल्ने क्रममा सोमबार सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

मलामी गएका दुबै जना काभ्रेको महादेवस्थान नजिकबाट सुनकोशीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु