गृहपृष्ठ गृहमन्त्री भन्छन्– केसीको राजीनामाबारे छलफल भइरहेको छ

गृहमन्त्री भन्छन्– केसीको राजीनामाबारे छलफल भइरहेको छ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले दिएको राजीनामाबारे छानबिन गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा जिल्ला सहकारी संघले मंगलबार आयोजना गरेको ५१औं स्थापना दिवस तथा ३७ औं वार्षिक साधारणसभा कार्यक्रम पछिपत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिएको राजीनामाबारे छानबिन गरिरहेको बताए ।

मन्त्री थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको भन्दै विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गरे । ’विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ,’ उनले भने ।

अर्को प्रशंगमा मन्त्री फेरबदल हुने कुरा हल्ला मात्रै भएको भन्दै उनले पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताए ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु