गृहपृष्ठ वाईसीएल सिन्धुलीका अध्यक्ष पक्राउ

वाईसीएल सिन्धुलीका अध्यक्ष पक्राउ

pradip_ycl-newskarobar

योङ कम्युनिस्ट लिग (वाईसीएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई मंगलबार काठमाडौंको रातोपुलबाट पक्राउ गरेको हो ।

वाईसीएलका केन्द्रीय सदस्य श्रेष्ठलाई ठेकेदारलाई धम्क्याएको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठले केही समयदेखि आफ्नो घर निर्माण गर्न ठेकेदारलाई जिम्मा दिएका थिए । सिन्धुली कमलामाई नगरपालिका–५ का स्थायी बासिन्दा श्रेष्ठले ठेकेदारले त्यसबापतको पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीको आरोप छ ।

वाईसीएल तत्कालीन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बने पनि वाईसीएल र युथफोर्सबीच भने एकता प्रक्रिया जारी छ । श्रेष्ठले यसअघि एउटा अपहरण, चारवटा ज्यान मार्ने उद्योग र दुईवटा सार्वजनिक अपराधमा सजाय भुक्तान गरिसकेका छन् ।

प्रकाशित समय २०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु