गृहपृष्ठ विश्वमै दुर्लभ मानिएको एओर्टाको सफल सर्जरी

विश्वमै दुर्लभ मानिएको एओर्टाको सफल सर्जरी

नेपालमा पहिलो पटक विश्वमै दुर्लभ मानिएको मुटुको ठूलो धमनीमा हुने एओर्टा च्यात्तिएको सफल सर्जरी भएको छ । प्रा.डा. उत्तम कृष्ण श्रेष्ठको टिमले उक्त सफल सर्जरी गरेका हो ।

अमेरिकालगाएत विकसित मुलुकहरूमासमेत यस्तो घटनाका १५ प्रतिशत बिरामी मात्र हस्पिटल आउने र केही बिरामी मात्र बाच्ने गरेको प्रा.डा श्रेष्ठले बताए । एओर्टाले मुटुले रगत पम्प गरेपछि शरीरको बिभिन्न भागमा रगत पुर्याउने काम गर्दछ ।

‘मेडिकल क्षेत्रमा यो समस्य भनेको धेरै चुनौतिको हो,’ उनले भने, ‘पहिलो यस्तो किसिमको बिरामी अस्पतालमा आइ पुग्दैन आए पनि बाच्ने सम्भावना एक दम कम हुन्छ ।’ विशेष गरी गाडीको ओभर स्पिड हुदा यस्तो किसिमको समस्या हुने र धेरै जसो बिरामीको घटना स्थलमै मृत्यु हुने पनि उनको भनाइ छ ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले एओर्टाको शल्यक्रिया ग्राण्डीको मात्र नभई नेपालकै गौरवको विषय भएको बताए । उनले भने, ‘यो शल्यक्रियाले नेपालीको स्वास्थ्य क्षेत्रको परिभाषा नै परिवर्तन गरेको छ ।’

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु