गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री शाही चीन जाने
कर्णालीका मुख्यमन्त्री शाही चीन जाने
फाइल तस्बिर
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमणमा जान लागेका छन् । कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन भन्दै प्रदेश सरकार गठन भएपछि शाही पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।
असोज ३ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी पनि मुख्यमन्त्री शाहीसँगै चीन जानेछन् । भ्रमण केन्द्रीय नेतृत्वको टोली सहित सेप्टेम्बर १९ देखि २४ तारिखसम्म हुने छ ।
कर्णाली प्रदेश र चीनको सिमाना समेत जोडिएकाले सहकार्य र समन्वय आवश्यक रहेकाले यो भ्रमण कर्णालीको लागि निकै लाभदायी हुने मुख्यमन्त्री शाहीको दावी छ । विकासको पूर्वाधार निर्माणका लागि जोड दिने भ्रमणमा चीनसँग जोडिएका नाकासमेत खोल्न र सञ्चालनमा ल्याउन छलफल हुने जनाइएको छ ।
प्रकाशित समय १९:०२ बजे

















