गृहपृष्ठ निर्मला पन्त हत्या प्रकरणा : धनगढीमा आइतबार पनि प्रदर्शन

निर्मला पन्त हत्या प्रकरणा : धनगढीमा आइतबार पनि प्रदर्शन

dhangadi-newskarobar

१३ वर्षिया बालिका निर्मला पन्तका लागि न्याय माग्दै धनगढीमा पनि प्रर्दशन गरिएको छ । स्वतन्त्र नागरिक समाज कैलालीको आह्वानमा न्याय माग्दै स्थानीयले प्रर्दशन गरेका हुन् ।

बिभिन्न नारा लेखिएका प्ले कार्डसहित धनगढी चौराहबाट दिउँसो २ बजे निस्किएको र्याली एलएनचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी पुष्पा भट्टले बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन सरकार उदासिन बनेको बताइन् । उनले नारी सुरक्षाको माग गरिन् ।

घटना भएको तीन महिना पुग्नै लाग्दासमेत सत्यतथ्य बाहिर नआउनुको कारण के हो ? भन्दै उनले सरकारलाई प्रश्न गरिन् । अहिले पनि महिला असुरक्षित रहेकाले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिन् ।

प्रर्दशनमा सहभागीले निर्मलालाई न्याय दे, बलात्कारलाई फाँसी दे, गृहमन्त्री राजीनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए। प्रर्दशनकारीले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा मृत भेटिएकी थिइन् ।

घटनाको सत्यतथ्य सार्वजनिक नगरेको भन्दै प्रहरी र सरकार विरुद्ध प्रर्दशन भइरहेको छ ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु