गृहपृष्ठ कारोबारको रेकर्ड नै नराखी सकियो नाडा सो

कारोबारको रेकर्ड नै नराखी सकियो नाडा सो

कारोबारको सम्बन्धमा प्रश्न नसोध्न अध्यक्षको आग्रह

फाइल तस्बिर

मंगलबरबाट सुरु भएको नाडा अटो साे आइतबार समापन भएको छ। ६ दिन सम्म सन्चालन भएको नाडा शो को कुनै पनि कारोबारको रेकर्ड नराखी शो को समापन भएको हो ।

समपन कार्यक्रममा बोल्दै नाडाको अध्यक्ष सम्भु प्रसाद दाहालले कारोबारको कुनै रेकर्ड नाडाले नराखेको भन्दै पत्रकारलाई कारोबार सम्बन्धि प्रश्न नसोध्न आग्रह गरे । ‘कारोबार सम्बन्धी प्रश्न नगर्नुहोला हामिलाइ उत्तर दिन गाह्रो हुन्छ हामिले कुनै रेकर्ड राखेको छैनौं,’ अध्यक्ष दाहालले भने, ‘किनकि हाम्रो उदेश्य कारोबारको होइन हाम्रो ब्रान्डको स्थापना हो ।’

नाडा अटो सोमा ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने भनिए पनि ६५ हजार अवलोकन कर्ताले अवलोकन गरेको अध्यक्ष दाहालको दावी छ । उनले सहभागी कम्पनी,अवलोकनकर्ता तथा पत्रकार सबैलाई धन्यवाद दिँदै पार्किङको व्यवस्थापन चाहेको र सोचेको जस्तो मिलाउन नसकेकोमा क्षमा मागे । आगामी दिनमा व्यवस्थापनमा अझ लाग्ने उनको प्रतिबद्धता थियो ।

नाडा अटो सोले सम्मान कार्यक्रम गर्दै समापन गरेको छ । सोमा सहभागी कम्पनीहरुलाइ धन्यवाद तथा ‘टोकन आफ लभ’ले सम्मान गर्दै समापन भएको हो ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु