गृहपृष्ठ बाबुको बञ्चरो प्रहारबाट छोराको मृत्यु

बाबुको बञ्चरो प्रहारबाट छोराको मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

घरायासी विवादमा बाबुले प्रहार गरेकाे बञ्चराेका कारणा छाेराकाे मृत्यु भएकाे छ । घरायासी विवादका कारण बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका हुन् ।

टीकापुर नगरपालिका–८ कालिमाटीमा शनिबार साँझ बाबु र छोराबीच झगडा हुँदा ७५ वर्षीया पहले लुहारको आक्रमणबाट उनका ५० वर्षीया छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीले दिएको जानकारी अनुसार बाबुको आक्रमणबाट घाइते छोराको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बाबुले टाउकामा बञ्चरो प्रहरा गरेका थिए ।

बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टीकापुर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको थियो ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैँजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको विवादमा उनको मृत्यु भएको बताइएको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु