गृहपृष्ठ ढिस्कोमा पुरिएर भारतीय नागरिक बेपत्ता
ढिस्कोमा पुरिएर भारतीय नागरिक बेपत्ता
धादिङको बुढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक बेपत्ता भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा आइतबार दिउँसो नुहाउन गएका बेला दक्षिणी भारत बेङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता मोहनको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।
प्रकाशित समय १७:०७ बजे

















