गृहपृष्ठ विराटनगरमा किशोरी लक्षित ‘गुड टच, ब्याड टच’ कक्षा

विराटनगरमा किशोरी लक्षित ‘गुड टच, ब्याड टच’ कक्षा

समाजमा ब्याप्त बिकृती विसंगती अन्त्यका लागि लायन्स क्लब अफ विराटनगर पाथिभराले आधारभूत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ ।

पछिल्लो समय श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यसखालको कार्यक्रम गरिएको क्लबकी अध्यक्ष अपर्णा दाहालले बताइन् ।

क्लबले विराटनगर राउण्ड टेबल नम्बर पाँचको सहयोगमा उक्त कार्यक्रम गरेको हो । राउण्ड टेबल पाँचले यसअघि पनि विभिन्न विद्यायमा यसखाले कार्यक्रम गरिसकेको छ ।

विशेषगरी राम्रो र नराम्रो नियतको व्यवहार विषयमा प्रशिक्षण दिँदै आएको राउण्ड टेबल पाँचका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए ।

यस प्रकारको कार्यक्रम र प्रशिक्षणबाट विशेषगरि बालिका तथा किशोरीहरुलाई सचेत बन्न मद्दत पुग्ने राउण्ड टेबल पाँचका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताए । राउण्ड टेबलले समय समयमा सामाजिक क्रियाकलापका अतिरिक्त बालबालिकाहरुमा सचेतनाका कार्यक्रमहरुमा जोड दिएको छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु