गृहपृष्ठ सडक सफा गर्दै रामेछाप नगरपालिका
सडक सफा गर्दै रामेछाप नगरपालिका
रामेछाप
रामेछाप नगरपालिकाले दसैंको आगमन सँगै नगरपालिकाका सडकलाई गाडी चलाउन समस्या नहुने गरी खाल्डा खुल्डी पुर्ने तथासफा गर्न थालेको छ । दसैं नजिकिँदै गर्दा सवारीको चाप बढ्ने हुँदा आवागमनमा समस्या नहोस् भनेर सडक सफा गर्ने अभियान चलाएको नगर प्रमुख नरबहादुर थापाले न्युज कारोबारलाई बताए ।
नगरपालिकाभित्रका मुख्य चार ओटा सडकलाई प्रथमिकता दिएर अभियान अगाडि बढेको भए पनि मेसिन चलाउन तेल नपाएकाले कारण अहिले मेसिन चलाउन समस्या भएको बताए । नगरपालिकाले नगरस्तरीय सडकको वर्गीकरण अगाडि नै गरीसकेको छ ।
प्रमुख थापाका अनुसार दसैं अगाडि रामेछाप ओख्रेनी रामपुर, रामेछाप ल्याङल्याङ सेलेघाट, रामेछाप ओख्रेनी हिमगंगा र रामेछाप देउलाली साँघुटार सडक सफा गर्ने तयारी गरेको बताए ।
प्रकाशित समय १३:१३ बजे

















