गृहपृष्ठ टिभेटको पहिलो सम्मेलन काठमाडौंमा
टिभेटको पहिलो सम्मेलन काठमाडौंमा
काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय टेक्निकल भोकेस्नल एजुकेसन एण्ड टेनिङ ( टिभेट) को पहिलो सम्मेलन हुने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि डिनका अध्यक्ष कामेश्वारप्रसाद सिंहले आगामी असोज १८ र १९ गतेसम्मेलन हुने जानकारी गराएका हुन् ।
टिभेट क्षेत्रमा भएको गतिविधिको बारेमा छलफल गर्ने, उत्कृष्ट उपलब्धिको अबलम्बन गर्ने, सफल मोडलको आदान प्रदान र अन्तर्राष्ट्रिय क्षेत्रमा टिभेटको माध्यमबाट सामाजिक आर्थिक विकासका बारेमा जानकारी गराउने र एक आपसमा सहयोग र ज्ञानको आदान प्रदान गर्दै प्राविधिक शिक्षालाई स्थापित गर्न सम्मेलनको उद्देश्य छ ।
सम्मेलनले दक्ष प्राविधिक जनशक्ति उत्पादन, सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई साकार पार्न र आगामी ५ वर्ष भित्र ५ लाख जनशक्ति उत्पादन गर्ने सरकारको नितिलाई सम्मेलनले योगदान पुग्ने सिंहले बताए ।
२० मुलुकका ५० भन्दा बढी विज्ञसहित ५ सय जना सहभागी हुने सम्मेलनमा २० देशको अनुभव आदानप्रदान सहित २५ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।
प्रकाशित समय १३:४५ बजे

















