गृहपृष्ठ निर्मला हत्या प्रकरण : समितिले प्रतिवेदन बुझायो
निर्मला हत्या प्रकरण : समितिले प्रतिवेदन बुझायो
प्रतिवेदनको आधारमा दोषीलाई कारबाही : गृहमन्त्री
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।
समितिले प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई मंलबार बुझाएको हो ।प्रतिवेदन बुझाउँदै संयोजक मैनालीले घटनाबारे गृहमनत्री थापालाई जानकारी गराएका थिए । प्रतिवेदनमा निर्मलाको हत्या गर्ने अभियुक्तको विषयमा उल्लेख गरिएको छैन ।
यद्यपी, प्रतिवेदनमा आशंका गरिएका व्यक्तिलाई अनुसन्धान गर्न सिफारिस गरिएको छ ।प्रतिवेदन बुझेपछि गृहमन्त्री थापाले प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।
छानबिनका लागि सहसचिव हरि कुमार मैनाली संयोजकत्वको सरकारले गत भदौ ७ मा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो। समितिलाई १५ दिनको म्याद दिइएकोमा पछि थप १५ दिन म्याद थप गरिएको थियो ।
कञ्चनपुर प्रहरीले निर्दोष दिलिपसिंह बिष्टलाई हत्या आरोपमा पक्राउ गरेपछि सरकारले छानबिन समिति बनाएको हाे।
गत साउन् १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्या भएको दुई महिना पुग्यो । तर, अहिलेसम्म पनि दाेषी पक्राउ परेको छैन ।
प्रकाशित समय १३:०५ बजे

















