गृहपृष्ठ उर्लावारीबाट १९ जुवाडे पक्राउ
उर्लावारीबाट १९ जुवाडे पक्राउ
मोरङको उर्लावारी–६ का विभिन्न स्थानहरुबाट तास खेलिरहेको अवस्थामा १९ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय यादव उप्रेतीको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले यादव उपे्रतीसहित १९ जुवाडे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षिय रामकुमार कुवँर, ६० वर्षिय पुण्यप्रसाद अधिकारी, ३३ वर्षिय रोशनप्रसाद यादव, ५२ वर्षिय भुपाल विश्वकर्मा, ५२ वर्षिय गोपालकुमार गुरूङ, ४२ वर्षिय वेदनाथ भुजेल, ५४ वर्षिय युवराज पौडेल सोही नगरपालिका–५ का ७७ वर्षिय दल बहादुर बस्नेत, ६८ वर्षिय खगेन्द्र अधिकारी, ३८ वर्षिय दिर्घायुराज फागो, ४० वर्षिय चन्द्र लामा, ३० वर्षिय प्रकाश गिरी, ५३ वर्षिय मणिकुमार श्रेष्ठ र सोही नगरपालिका–१ बस्ने ४४ वर्षिय टेक बहादुर धिमाललाई पक्राउ गरको हो ।
तासको खालबाट नगद ६० हजार रुपैयाँसमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय २०:४१ बजे

















