गृहपृष्ठ कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, एक पक्राउ
कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, एक पक्राउ
कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षिया बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले कञ्चनपुर त्रिभुवनवस्ती नगरपालिका–७ का १८ वर्षिय किरण बिकलाई पक्राउ गरेको हो ।
घोडाघोडी नगरपालिका–१ स्थित घरमा कोही नभएको अवस्थामा छोरी बलात्कृत भएको भन्दै उनका अभिभावकले उजुरी दिएका थिए । पीडीत बालिकाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेका बिकलाई थप अनुसन्धानका हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशिले जानकारी दिए ।
प्रकाशित समय १८:३५ बजे

















